काठमाण्डौं, ९ मंसिर ।

sadakbhaojan-karyakram

मधेश आन्दोलन र नाकाबन्दी लम्बिँदै जाँदा राजधानीमा खाना पकाउने ग्याँसको चरम अभाव भएको छ । अधिकांश राजधानीवासीले राम्रोसँग दुई छाक खान पनि पाइरहेका छैनन् । अभावको वातावरणमा राजधानीका असहाय, निम्न वर्ग र विकल्पहिनका लागि आयोजना गरिएको तीन दिने सडकभोज कार्यक्रम मंगलबार सकिएको छ ।‘म्यान्स रुम रिलोडेडले स्टेप फर चेन्जको’ सहकार्यबाट राजधानीमा आईतबार, सोमबार, मंगलबार गरी बेलुकी ५ बजे देखि ६ः३० बजेसम्म तीन दिन काठमाण्डौका टेकु, किर्तिपुर, माइतीघर मण्डलामा सडकभोज आयोजना गरेका हुन् । आयोजकले एक दिनमा करिब ५०० जनालाई खाना खुवाउने लक्ष्य रहेपछि अन्तिम दिनसम्म लगभग १००० जना जतिले खाना खाएको बताए ।कार्यक्रम आयोजक बिक्रम केसीले ‘कार्यक्रमको उद्देश्य आपतको बेला छरछिमेकमा पनि सामूहिक खानाका लागि निमन्त्रणा बोलाउने सद्भाव फैलियोस् भन्ने रहेको बताए । उनले अहिले घर घरमा खाना पकाउने ग्यासको अभावले गर्दा सर्वसाधारणले राम्ररी खान नपाई काम गर्न बाध्य भैरहेको बताए । उनका अनुसार कतिपय ठाउँमा एक छाक टार्न भए पनि जनता भोकै काम गर्न बाध्य छन् ।’

sadakbhojan-karyakram11

कार्यक्रमको कार्यकर्ता इसमाम अन्सारीले ‘विशेष गरी असहाय वृद्धवृद्धा, सडक बालबालिका, भूकम्पपीडित, विधार्थी, न्यून वर्ग देखि उच्च वर्ग सबैका लागि सडक भोजन आयोजना गरिएको जानकारी दिए । उनले सरकारले मधेशका माग बुझिदिनु पर्ने र चाँडो भन्दा चाँडो समस्या समाधान गर्नुपर्ने तर्क राखे ।’सडकभोज कार्यक्रमका लागि ‘स्टेप फर चेन्ज’ नामक समूहले चितवनबाट चामल, दाल, तरकारी र दाउरा उपलब्ध गराएको समूहका सदस्य मौसम शेखले जनाएका छन् ।नेपाल एउटा साझा फुलबारी हो भन्ने संदेश दिंदै कार्यक्रम आयोजकहरु आ आफ्नो सांस्कृतिक पहिरनमा थिए ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया