कुनै समय यस्तो लागेको थियो कि अब असहिष्णुताको मुद्दा बिस्तारै सेलाउँदै जानेछ । तर, फिल्म स्टार आमिर खानको बयानपपछि अहिले फेरि यो मुद्दा भारतमा बहसको विषय बनेको छ । पश्चिमा जगत्ले आतंकवाद र इस्लाम धर्मलाई एकसाथ जोडेर प्रचार गरिरहेको अवस्थामा आमिरको यो भनाई सार्वजनिक भएको छ । पेरिस र मालीमा भएको चरमपन्थी नरसंहारपछि भारत मात्रै नभएर थुप्रै युरोपेली देशमा पनि मुसलमान र इस्लामको भूमिकालाई लिएर बहस सुरु भएको छ । इस्लामको नाममा इस्लामिक स्टेट, अलकायदा, बोको हराम नामका थुप्रै चरमपन्थी संगठनको उदय र त्यस्ता उग्रवादी संगठनको माध्यमबाट संसारका विभिन्न भागमा भइरहेका नरसंहार र हत्यापछि अहिले भारतका मुसलमानको दिमागमा समेत डरले डेरा जमाएको छ । भारतको इतिहासमा मुसलमानका विभिन्न संस्था तथा समूदाय र एक हजारभन्दा धेरै धार्मिक नेता तथा विद्धानले आईएसको विरुद्धमा उभिएको घोषणा गरेको यो सायद पहिलो अवसर हो । यस घोषणामा भनिएको छ , इस्लाम हरेक प्रकारका हिंसाको विरोधमा छ । जबकी आईएस हिंसाको दोषी हो । यो अभियान थुप्रै महिनापछि पुरै देशमा सञ्चालन गरिएको छ । १५ बुदेँ यो घोषणालाई संयुक्त राष्टसंघका महासचिव वान की मून र संसारका अन्य नेता समक्ष बुझाइएको छ । पत्रमा लेखिएको छ , इस्लाम हरेक प्रकारले जूनसुकै उद्देश्य राख्ने उग्रवादीको विरोधमा छ । यस घोषणामा भारतमा १६ करोड मुसलमान हिंसामा विश्वास राख्दैनन् भन्ने स्पष्ट लेखिएको छ । भारतका मुसलमान यस समय दोहोरो दबाबबाट गुज्र्रिका छन् । एकातर्फ लेबनान, पेरिस र माली जस्ता देशमा घटेका हिंसात्मक घटना र अर्कोतर्फ आईएस, बोको हराम र अल शबाब जस्ता सुन्नी चरमपन्थी संगठनको उदयले धार्मिक क्षेत्रमा ल्याएको निराशा र अर्कोतर्फ देशभित्रकै उग्रवादी हिन्दू कट्टरपन्थीको निशाना । भारतमा हिन्दू विचारधारा राख्ने संगठनहरुले मुसलमानको विरुद्धमा घृणाको एक व्यवस्थित आन्दोलन चलाएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
होलीमा ‘चिसो एस्ट्रे’
इटहरी/ कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हल...
झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन
इनरुवा। सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा घर पुनः संचालनमा आएको छ । फाल्गुन ११ गतेदेखी हल नियमित संचालनमा ल्याए...
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन...
अल्लू अर्जुनले बढाए पारिश्रमिक
फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का ल...
‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)
बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिक...
मुम्बईको लिलावती अस्पतालमा सञ्जय दत्त अस्पताल भर्ना
भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालम...