परिष कर्ण, सप्तरी १० असोज । संविधानमा हस्ताक्षर गर्ने गैरमधेशवादी पार्टीका सभासद्हरुको घरमा तोडफोड तथा आगजनी पश्चात आक्रमण पनि हुन थालेको छ । नयाँ संविधान निर्माण गरेर सुटुक मधेश पुगेका सभासद्हरुलाई प्रदर्शनकारीहरुले कालो मोसो दल्ने प्रयाससमेत गरेका छन् ।

शनिबार सप्तरी क्षेत्र नम्बर ४ का निर्वाचित एमाले सभासद् ताराकान्त चौधरीको शवयात्रा प्रदर्शनकारीहरुले निकालेको छ । त्यस्तै क्षेत्र नम्बर १ का निर्वाचित एमओवादी सभासद् मानपुर चौधरीलाई कालो मोसो दल्ने प्रयास भएको छ । चौधरीलाई प्रहरीले जोगाएको हो ।

राकान्त चौधरीलाई मत दिएर जिताउने जनताहरुकै अगुवाईमा पातो बजारमा शवयात्रा निकालिएको मधेशी मोर्चाका कार्यकर्ताहरुले बताएका छन् । सभासद् चौधरीको पुत्ला बनाएर पातोसहित आसपास गाविसका बासिन्दाहरुले शवयात्रा निकालेका हुन् ।

त्यसतै आइतबार सरकारी कार्यालयमा तोडफोड भएको छ । सप्तरी प्रशासनले कार्यालयहरु खोल्न आदेश दिए पछि बन्द कर्ताहरुले तोडफोड गरेका हुन् ।

राजविराज नगरपालिकामा रहेको कोष तथा लेखा नियन्त्रन कार्यालय आइतबारदेखी खोल्न सुरु गरेलगतै मधेशी मोर्चाका कार्यक्रताहरुले कार्यलयबाट सबै कर्मचारीहरुलाई निकालेर कार्यलयको फर्निचहरु तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

@hulakinews.net

Rajbiraj-todfod1Kalomosh-377x450

तपाईको प्रतिक्रिया