bhut mela kusti९ मंसिर लहान । कार्तिक पूर्णिमाको दिन लाग्ने भुतमेलाको अवसरमा बुधवार सिरहाको चतरीमा कुस्ती प्रतियोगीता आरम्भ भएको छ ।दुई दिनसम्म चल्ने उक्त प्रतियोगीतामा नेपाल र छिमेकी देश भारतका विभिन्न स्थानबाट आएका कुस्तीबाजहरु प्रतिष्प्रधा गर्ने छन् ।मेलाको पहिलो दिन भएको कुस्ती प्रतियोगितामा भारतका वकिल, अनिल, सुनिल, जस्वीर, अरविन्द, मन्नु, अनुज, विकास, नागेन्द्र, कृष्ण, महावीर, विनोद, राजबहादुर, प्रदिप, छोटेलाल, मनोहर, मंगला, शिवशंकर, सोनु, जितेन्द्र लगायतका कुस्तीबाजहरु प्रतिष्पर्धा गरेका छन् ।जसमा वकिल, जस्वीर, मन्नु, शिवशंकरले जित हासिल गरेको मेला कमिटिका अध्यक्ष ओमप्रकाश मण्डलले बताए । कुस्ती फाइनल हुन नसकेकाहरुको अर्को दिन फेरि प्रतिष्पर्धा हुने उनले जानकारी दिए ।उक्त कुस्ती प्रतियोगीताको दोश्रो दिन नेपालको तर्फबाट सिरहा वर्छावाका विष्णुदेव यादव भारतीय कुस्तीबाज जोगिन्द्रसँग प्रतिष्प्रधा गर्ने छन् भने नेपाल र भारतका अन्य प्रख्यात कुस्तीबाजहरुको प्रतिष्प्रधा हुने आयोजक कमिटिले बताए । जसका लागि दुबै देशका कुस्तीबाजहरु चतरी आइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया