DSC08314
मंसिर १० इनरुवा/ सुनसरीको हरिपुरमा एसएसबीले नेपाली माथि गोलि प्रहार गरेको घटनाप्रति आपत्ति जनाउँदै एमाले, काग्रेस सहितका सुनसरीका प्रमुख राजनैतिक दलले प्रधानमंत्रीको ध्यानाकर्षण गराएका छन् ।सुनसरी टुक्राउन नदिन एकजुट बनेका जिल्लास्थित रहेका प्रमुख राजनैतिक दलको टोलीले सुनसरी प्रशासन मार्फत ज्ञापन पत्र बुझाउने क्रममा नेपाली माथि भएको गोली प्रहारको घटनाबारे सरकारलाई गम्भिर हुनु आग्रह गरेका हुन् ।कुनैपनि हातलमा सुनसरी टुक्राउन नहुने अडान लिएका जिल्लास्थित प्रमुख राजनैतिक दलका अगुवा तथा प्रतीनीधिहरुले त्यसो गरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।मधेश आन्दोलनका जायज मुद्धा सम्बोधन हुनु पर्ने बताएका एमाले,काँग्रेस,एमाओवादी र राप्रपा नेपालका जिल्ला तहका नेताहरुले कुनैपनि हालतमा जिल्ला विभाजन भने गर्न नहुने अडान लिएका छन् ।

DSC08313

DSC08320

तपाईको प्रतिक्रिया