Bijay-jolly१० मंसिर, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतले नाकाबन्दी नगरेको भन्दै नेपालको आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।‘भारत सधैं नेपालको आर्थिक,सामाजिक र सांस्कृतिक विकास होस् भन्ने चाहन्छ,भारतले घोषित वा अघोषित नाकाबन्दी गरेको छैन,त्यसैले नेपालमा देखिएको पछिल्लो सङ्कटको समाधान भारतसँग छैन,नेपालसँगै छ’– नेता जोलीले भने ।रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा भारतीय जनता पार्टीका नेता जोलीले  भारतले नाकाबन्दी गर्नुभन्दा पनि तराईमा असुरक्षा भएका कारण आपूर्ति सहज हुन नसकेको जिकिर गरे ।भारतले तराईमा देखिएको समस्यालाई राजनीतिक दलका नेताले वार्ता र संवादमार्फत सहमतिका आधारमा समाधान गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको देख्न चाहेको उनले बताए ।उनले भारतका नेताले कुनै पनि समयमा नेपालको विरूद्धमा अभिव्यक्ति नदिएको र यदि कसैले दिएको भए पनि त्यो उसको व्यक्तिगत अभिव्यक्ति हुने दाबी गरे । भारत र नेपालबीचको सम्बन्ध निकै पुरानो,ऐतिहासिक र सुमधुर भएको हुँदा त्यसलाई कायम राख्ने उनले बताए ।पछिल्लोपटक नेपालमा देखिएका समस्याबारे भारतको केन्द्रीय सरकारसमक्ष राख्ने उनको भनाइ छ । जोलीले नेपालमा देखिएका समस्या जतिसक्दो चाँडो समाधान हुनेमा विश्वास व्यक्त गरे ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया