aamirkhan-dangal759एजेन्सी । भारतमा बलिउड स्टार अभिनेता अमरि खानका कारण फिल्म उद्योग मात्र नभई राजनीतिज्ञ समेत विभाजित हुन पुगे ।खानले बोलेका बिषयमा बबन्डर भएपछि उनले विज्ञप्तीनै निकालेका छन् । अभिनेता खानले देश छोडेर जाने कुनै मनसाय नरहेको बताउदैे बुधबार विज्ञप्ति निकालेर आफू र आफ्नी श्रीमती किरण राव दुवैमा देश छोड्ने मनासाय नरहेको स्पष्ट पारेका हुन् ।देशको परिस्थिति गम्भिर भएको भन्दै उनले एक कार्यक्रममा आफुलाई श्रीमती किरण रावले देश छोड् सल्लाह दिएको बताएका थिए ।आमिरको यस्तो भनाईपछि त्यसको सामाजिक सञ्जाल तथा देशभर उनको विरोधमा बयानबाजी सुरु भएको थियो । केहीले उनको भनाईको समर्थन पनि गरेका थिए ।उनले विज्ञप्ति निकालेर आफूहरुमा देश छोड्ने मनसाय यसअघि पनि नरहेको र भविष्यमा पनि नरहने स्पष्ट पारेका हुन् । आफ्नो भनाईको उल्टो मतलब निकालिएको भन्दै उनले विरोध गर्नेले या त आफ्नो अन्तर्वात नहेरेको वा जानजानी आफ्नो भनाईलाई बंग्याएर उल्टो मतलब निकालिएको बताएका छन् । आफ्नो देशमा बस्नका लागि कसैको स्वीकृति वा समर्थन नचाहिने पनि आमिरले बताएका छन् । विरोध गर्ने र गाली गर्नेहरुले आफूलाई सही सावित गरिदिएको आमिरले बताएका छन् ।

amir3

तपाईको प्रतिक्रिया