salman-sarukhमुम्बई । कुनै वेला खाँट्टी दुश्मन बनेका सलमान खान र शाहरुख खान अहिले असल मित्र बनेका छन् । सलमान खान अभिनित हिन्दी फिल्म ‘बजरंगी भाइजान’को शाहरुखले ट्वीटरवाट फष्टलुक सार्वजनिक गरेका थिए ।शायद त्यहि पैंचो तिर्ने योजना पनि हुन सक्छ, सलमानले सञ्चालन गर्दै आएको कार्यक्रम ‘बिगबोस’ मा शाहरुखलाई स्पेशल पाहुना बनाएर बोलाउादैछन् ।सलमानले ‘दीलवाले स्पेशल’ कार्यक्रम बनाएर शाहरुख काजोललाई बोलाउने तयारी गरेको केही भारतीय मिडियाले उल्लेख गरेका छन् ।पछिल्लो समय दुइखान पारिवारिक रुपमा समेत निकै नजिक छन् । गएको इदमा ‘दिलवाले’को सुटिङका लागि मुलुक बाहिर रहेका शाहरुखले सलमानलाई आफ्नो घरमा बिरयानी लगिदिन आग्रह गरेका थिए ।आउादो २७ डिसेम्बरमा सलमानको ‘बर्थ डे’ पर्छ । त्यो वेलामा शाहरुखले के उपहार पठाउने हुन् अहिले प्रतिक्षाको विषय बनेको छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया