मधेशी मोर्चा, लिम्बुवान र जनजातीले गठबन्धन गरी आज इटहरीमा गर्ने तयारी गरेको आमसभा विथोलिएपछि तनावपूर्ण बनेको इटहरीको स्थिती नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको छ ।आमसभाका लागि बनाइएको स्टेज सत्ताधारी दलका विद्यार्थी संगठनहरुले तोडफोड र आगजनी गरेपछि इटहरी बजार तनावपूर्ण बनेको छ ।दुवै पक्ष्यका विरोधी खेमाले प्रर्दशन चर्काएको छन् । ठुलो संख्यामा रहेका विद्यार्थी लगायत स्थानीयको उपस्थिती नेतृत्व विहीन बन्दै गएको भन्दै जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । आज दिउँसो मोर्चा सहितको गठबन्धनमा आवद्ध नेताहरुले सम्बोधन गर्न कार्यक्रम तय भएकाले उक्त कार्यक्रम विथोल्ने र जसरी भएपनि कार्यक्रम गर्ने दुई पक्षियको अडानका कारण सम्भावित दुर्घटना टार्न प्रहरी प्रशासनलाई चुनौति बनेको छ । मोर्चाको पूर्व घोषित कार्यक्रममा सहभागि हुन सुनसरीका विभिन्न ग्रामिण भेगबाट मोर्चा कार्यकर्ताहरु इटहरी तर्फ लागेका छन् ।
गठबन्धनको कार्यक्रम विथोल्ने भनेर हिजो विज्ञप्ती जारी गरेका काँग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालका विद्यार्थी संगठनलाई उनीहरुको मातृ संगठनले शान्तीपूर्ण कार्यक्रम नबिथोल्न भनेपनि विद्यार्थी र स्थानियहरुको स्वतःस्फूर्त सहभागिता छ। मधेसी मोर्चाका नेताले इटहरीको सभालाई सम्बोधन गर्ने भनिएपछि कार्यक्रमको विरोधमा इटहरी र वरपरबाट मानिसहरु कार्यक्रमस्थल वरीपरी भेला भएर नारावाजी गरीरहेका छन्।विरोध गर्नेहरुले आमसभाको लागि ल्याइएका बसहरुमा समेत अवरोध गरेका छन्।कार्यक्रमको सुरक्षाको लागि इटहरीमा हालसम्मकै धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी र शशस्त्रलाई कार्यक्रम स्थलको वरपर राखिएको छ। ११ बजे गर्ने भनेको कार्यक्रम 2 बज्दा पनि सुरु हुन सकेको छैन भने कार्यक्रमको लागि आउने भनेर आयोजकले जानकारी दिएका राजेन्द्र महतो, उपेन्द्र यादवलगायतका नेताहरुसमेत आइसकेका छैनन्।कार्यक्रमको विरोधमा जनप्रदर्शन बढेपछि कार्यक्रम गर्न दिने वा नदिने भन्ने विषयमा छलफल भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिएका छन्।