Miss-Earth-Aaital-Khosala-काठमाण्डु, ११ मंसिर– विश्वसुन्दरी ‘मिस अर्थ’ प्रतियोगितामा भारतीय प्रतिस्पर्धीले नेपालका सुन्दर दृश्यहरु देखाउँदै त्यसलाई भारतको भनेर ढाँटेकी छन् ।अनौठो छलछाम गरेकी छिन् । उनले आफ्नो परिचयात्मक भिडियोमा भारतको सुन्दरताको खुब गुणगान गाइन्, तर देखाइन् नेपालका दृश्य ।भारतीय सुन्दरी आइताल खोस्लाले नेपालको सहर, हिमाल, नदीनाला, जंगल देखाउँदै त्यसलाई भारतको नामले परिचित गराएर आफ्नो परिचय दिएकी छन् ।ति सुन्दरीले यस्ता सुन्दरताहरु विश्वमा जहाँत्यही पाउन मुस्किल हुने बताउँदै भारत एक अद्भूत देश भएको बताइन् । तर, उनले देखाएका ति दृश्यहरु सबै नेपालका थिए ।मिस अर्थको अफिसियल च्यानलमा अपलोड गरिएको यस भिडियोमा सगरमाथा, ल्होत्से, अमा दब्लम, काठमाण्डु सहर लगायतका स्थानका दृश्यहरु समावेश गरिएको छ । सो प्रतियोगितामा नेपाली चेली पनि सहभागी भएता पनि भारतीयले यसरी आफ्नो देशको दृश्य बेचिरहँदा उनी हेर्न बाहेक केही गर्न सकिरहेकी छैनन् ।

भिडियोकोलागि क्लिक गर्नुहोस्

https://youtu.be/V4vvZF7mbC8?t=123

 

 

तपाईको प्रतिक्रिया