फाइल फोटो
फाइल फोटो

१२ मंसिर लहान । खाद्यवस्तु बोकेर आएको ट्रकलाई आज बिहान २ः१५ बजे अज्ञात समूहले लहान नगरपालिका–८ मा पेट्रोल छर्केर आगजनी गरेका छन् ।आगो फैलेर ना३ख २३२९ नम्बरको ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले बताए ।लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेनाको प्रयासमा आगो निभाएर खाद्यवस्तु निकालिएको छ ।आगजनी गरिएको ठाउँनजिकै बिजुलीको तार रहेकाले विद्युत् प्रशारण र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

 

तपाईको प्रतिक्रिया