man_downएजेन्सी–हालै स्कटल्याण्डका ४२ बर्षीय एक स्थानिय बासिन्दा १ सय २० फूट अग्लो पहाडबाट खस्दा पनि बाँच्न सफल भयो । स्टिभन हिल नामका यस व्यक्ति चार घण्टासम्म अचेत अवस्थमा पुगेका थिए । पहाडबाट खसेर उनको १ एस १२ वटा हड्डी भाँचिएका छन् ।स्टिभन कही यात्रामा गएर पाल टाँगेर बस्न एकदमै मन पराउथे । यसै मनोकांक्षाका साथ उनी स्कटल्याण्डको पश्चिमी तटस्थित ग्यालेनांचमा अवस्थित १२० फूट अग्लो पहाडको चुचुरोमा चढे र उनी त्यही पाल टाँगेर बस्ने निर्णय गरे । उनी रातको अध्याँरोमा पालबाट बाहिर निस्केर गलत दिशातिर मोडिएपछि पहाडको चुचुरोबाट तल झरेका हुन् ।चार घण्टापछि उनलाई बल्ल होस आयो तर, उनलाई ४० मिनेटसम्म घस्रिँदै नजिकैको एक सडकमा पुगेका थिए । त्यसपछि पनि उनले सहयोग माग्न २ घण्टा लगाए । यहाँ अर्को आश्चार्य लाग्दो कुरा के छ भने चकित्सकहरुले स्टिभनको ढाडको हड्डी भाँचिएपछि पनि उनलाई प्यालाइसिस नभएको बताउछन् । स्टिभनको ढाडको हड्डी ठिक नभएसम्मलाई उनको टाउको अड्याउन गर्धनमा एक रड राखिएको छ ।सुरुमा उनको अवस्था हेरेर हवाइ एम्बुलेन्सबाट ग्लास्मोस्थित क्वीन एलिजाबेथ अस्पताल पु¥याएका थिए । सबैभन्दा बढी ढाडको हड्डीमा नोक्सान पुगेको छ भने रड, बोल्ड र स्क्रूरले उनको अन्य भाँचिएको हड्डीहरुलाई जोडिएको छ । उपचारको एक हप्ता बितेपछि उनको स्वास्थ्यमा केही मात्रामा सुधार आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया