trusted online casino malaysia
trusted online casino malaysia

morcha-001वीरगन्ज, १२ मंसिर । संघीय समावेशी मधेशी गठबन्धनले संविधान संशोधन गर्नका प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी सामु नौं बुँदे माग प्रस्तुत गरेको छ । वीरगन्जमा गठबन्धनले शनिबार पत्रकार सम्मेलन गरी ९ बुँदे माग सार्वजनिक गरेको हो । गठबन्धनले सत्ताधारी पक्षहरुसहित मधेशी मोर्चालाई पनि जानकारी हुने उद्देश्यले पत्रकार सम्मेलनमार्फत आफ्नो माग सार्वजनिक गरेको गठबन्धनका एक घटक जयप्रकाश गुप्ताले जनाएका छन् ।मागपत्रमा मधेशको विभाजन स्वीकार नहुने भन्दै समग्र मधेशलाई एक प्रदेश बनाउनुपर्ने, २२ बुँदे र ८ बुँदे सम्झौता अनुसार स्वायत्त मधेश प्रदेश स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । यदि दुई प्रदेशमा नै सहमति हुने हो भने मधेशको भूभाग (भित्री मधेश समेत) समाविष्ट गरी परस्परमा दुवै प्रदेशको सी जोडिएको दुई प्रदेशको निर्माण हुनुपर्ने माग गरिएको छ ।
९ बुँदे मागपत्रमा संसदमा प्रतिनिधित्व, समानुपातिक समावेशीकरण, नागरिकताको प्रावधान, राज्यको पुनर्संरचना, आयोगहरुको समयसीमा, भाषिक अधिकारको सुनिश्चितता र सुरक्षा निकायको सरंचना लगायतका विषयमा गठबन्धनले आफ्नो माग कांग्रेस, एमाले र एमाओवादीलाई बोद्धार्थ गरी प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia