आज भोली धेरै युवा युवतीहरुमा सेल्फीको क्रेज निकै बढेको छ। जुनसुकै मानिसले स्मार्टफोन बोक्यो जता जादाँपनि सेल्फी खिच्ने गरेकै हुन्छन् ।धेरै सेल्फी कै लागि इस्टिक बोकेरै हिडेने गर्दछन तर यस्तै सेल्फीका लागि जापानका मनसुन नाम गरेका एक युवकले सेल्फीकै लागि स्टिकमा हात जोडेर लामो सेल्फी स्टिक बनाएका छन् ।उनले बनाएको उक्त स्टिक समाजिक सञ्जालमा भाइरलको रुपमा देखिएको छ । उनले सेल्फीको लागि आप्नो हातमा अर्काे लामो हात जोडेका हुन् । मनसुनले हात जस्तै देखने स्टिक लिएर हिडेको देखेपछि उनलाई हेर्नेहरु छक्क पर्ने उनले बताए ।मनसुनले सुरुमा सेल्फी खिच्नको लागि स्टिक लिएर हिडेको देखेर अचम्म लाग्ने गरेपछि उनले आफै यस्तो प्रकारको स्टिक बनाएको बताए ।यस स्टिकमा नक्कली हात लगाइएको छ । जसमा लामो बाउला भएको सर्टको प्रयोग गरेर प्रयोग गर्ने सकिने उनले बताए ।यस्तो स्टिक धेरैले मन पराइएका छन् ।यो अन्य स्टिक भन्दा हेर्दा अचम्म लागेको भन्दै धेरैले आफुसंग यस्तो स्टिक किन्न इच्छुक रहेको बताए ।