अमर काफ्ले इनरुवा १४ मंसिर/सुनसरी सदरमुकाम इनरुवामा आज मधेशी विद्यार्थीहरुले वृहत र्याली निकालेका छन् ।
सुनसरी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा निस्केको र्यालीमा स्थानीय नीजि विद्यालयका छात्र छात्राको समेत सहभागिता थियो ।क्याम्पस तथा विद्यालय पोशाकमा सुनसरी क्याम्पसका भेला भएका विद्यार्थीहरुको र्यालीले इनरुवा बजारका साथै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
मुलुकमा जारी मधेश आन्दोलनका मुद्धा सम्बोधन गर्नुको साटो सरकार दमनमा उत्रेको प्रति विद्यार्थीहरुले समस्याको उचित समाधान खोज्न सरकारलाई सुझाव दिएका थिए ।लामो समयको बन्दका कारण शिक्षण संस्था ठप्प हुँदा पठनपाठन चौपट भएको भन्दै भयरहित वातावरणमा अध्ययनको व्यवस्था मिलाउनका लागि आन्दोलनकारीका माग यथाशिघै सम्बोधन गरिनुपर्ने उनिहरुको माग थियो ।
प्रहरी दमन बन्द गर, विद्यालय शान्ति क्षेत्र घोषणा गर लगायतका नारा लगाएका मधेशी विद्यार्थीहरुले सरकारले तराई मधेशमा जारी आन्दोलनलाई दमनका माध्यमबाट नभई ठोस वार्ताका माध्यमबाट सम्बोधन गर्नु आवश्यक रहेकोमा जोड दिए ।नगरको विभिन्न भागको परिक्रमा पश्चात बसचौकमा आयोजित कोणसभामा विद्यार्थी नेताका साथै मोर्चाका जिल्लास्थित नेताहरुले सम्बोधन गरेका थिए । कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले इटहरी घटनाको विरोध जनाउँदै दोषी उपर कार्वाहीको समेत माग गरेका थिए ।विद्यार्थीको उक्त र्यालीले मोर्चाका नेता, मधेशी अभिभावक, शिक्षक लगायतले समेत समर्थन जनाएका थिए ।
भिडियोको लागि क्लिक गर्नुहोस