Bake-Jamunaha-Naka

१४ मंसिर, नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप भएको छ । धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप सुरु भएको हो । अहिले पनि सीमा नाकामा तनाव कायमै छ ।धर्नाकारीले भारतीय भूमितिर गएर समेत प्रहरीलाई ढुंगा हानेका छन् । प्रहरीले धर्नाकारीले नाकामा राखेको टेन्ट उठाएका छन् ।

 

तपाईको प्रतिक्रिया