मंसिर १४ -नेपालका लागि बंगलादेशकी राजदूत मास्की बिन्ते साम्सले नेपालले अन्य बाहिरी देशबाट इन्धन र ग्यास ल्याए ‘ट्रान्जिट’को रुपमा बन्दरगाह उपलब्ध गराउन बंगलादेश तयार रहेको बतउनुभएको छ ।राजधानीको रिपोटर्स क्लवमा आज आयोजित साक्षात्कारमा राजदुत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न दिने स्पष्ट गर्नुभएको हो ।उहाँले नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेईकल एग्रिमेन्ट गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने उहाँको भनाइ छ ।राजदूत साम्सले हवाई इन्धनको कारोबारका लागि नेपालले गरेको आग्रहप्रति आफूहरु सकारात्मक रहेको स्पस्ट पार्नुभएको छ ।सन् १९७१को बंगलादेश स्वतन्त्रता आन्दोलनमा नेपालले नैतिक र भौतिक सहयोग गरेको स्मरण गर्दै बंगलादेशले पनि नेपालमा महाभूकम्पपछि तत्कालै खाद्यान्न, मेडिकल टिम, औषधीसहित १२ मिलियन डलरको सहयोग गरेको जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कृषकलाई पशु औषधी वितरण
सुनसरीको इनरुवामा आयोजित विशेष कार्यक्रमका बिच कृषकहरुलाई पशु औषधी निःशुल्क वितरण गरिएको छ । भारद्वाज भेट्स सप्लायर्स ३३...
सुनसरीमा सांसद कोषको रकम कहाँ कती ? हेर्नुस…
सुनसरीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास कोष) वापतको रकम प्राप्त भएको छ । जिल्ला समन्वय समिति सुनसरीले द...
इनरुवाका ब्यापारीलाई कर शिक्षा
हात धोऔं,स्वस्थ रहौं / इनरुवाका व्यापारीहरुलाई कर समवन्धि शिक्षा दिइएको छ । उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा ब्यापार...
राष्ट्रसेवक सहकारीका निर्वाचित पदाधिकारीको शपथ ग्रहण
राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाको नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न भएको छ । संस्थाको २२औं ...
उद्योग वाणिज्य महासङ्घ प्रदेश १ मा सबै सर्वसम्वत
पाल उद्योग वाणिज्य महासङ्घको प्रदेश १ समिति निर्विरोध चयन भएको छ । झापाका उद्योगी टिकाराज ढकालको अध्यक्षतामा निर्विरोध न...
नवयुग बहुउद्येश्यीयको साधारण सभा उद्घाटन
नवयुग बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहा सुनसरीको २१औं वार्षिक साधारण सभा उद्घाटन गरिएको छ ।वार्षिक साधा...