birganj2

वीरगन्ज १४ मसिर मधेस आन्दोलनको सर्मथनमा वीरगञ्जमा विद्यार्थीले सोमबार मानव साङ्लो प्रर्दशन गरेका छन् । मधेसी मोर्चाका कार्यकर्ता धर्नामा बसेको मितेरी पुलबाट वीरगञ्जको परवानीपुरसम्म झण्डै १३ किलोमिटर लामो मानव साङ्लो बनाएर विद्यार्थीले प्रर्दशन गरेका हुन् । बिहान ९ बजेदेखि ११ बजेसम्म भएको प्रर्दशनमा वीरगञ्जका निजी तथा सामुदायीक विद्यालय र उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी थिए । कक्षा पाँचदेखि उच्चमावि तहमा अध्ययन गर्ने विद्यार्थी प्रर्दशनमा सहभागी भएका थिए । प्रर्दशनमा वीर शहिद अमर रहुन, मधेसका माग पुरा गर, बालअधिकार सुनिश्चित गर, हाम्रो भविष्य के हुने ? भन्ने नारा लेखिएका  प्लेकार्ड विद्यार्थीले बोकेका थिए । विद्यार्थीसँगै शिक्षक पनि प्रर्दशनमा सहभागी रहेका थिए ।

birganj birganj1  birganj3 birganj4 birganj5

तपाईको प्रतिक्रिया