guatamala-_jail-430x316एजेन्सी । कडा सुरक्षा पहराबीच ग्वाटेमालाको राजधानीमा अवस्थित एक जेलमा राखिएका दुई प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा जेलभित्र कैदी जीवन बिताइरहेका १८ जना बन्दीको मृत्यु भएको ग्वाटेमालाका उप–गृहमन्त्री एल्मर सोसाले बताएका छन् ।जेलमा तनाव उत्पन्न भएपछि कैदीकोे सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीले तनाव साम्यपार्ने अभियानमा सोमबार यो समाचार तयार पार्ने समयसम्म निरन्तर लागिरहेको गृहमन्त्रालयले जनाएको छ ।ग्रेन्जा पेनाल क्यानडा सेवाको वरिपरीको क्षेत्रलाई प्रहरी र सेनाले घेराहाली जेल अधिकारीलगायतका मानिसले बाहिरी मानिसलाई जेल प्रवेशमा रोक लगाई स्थितिलाई थप तनावग्रस्त हुनबाट रोकिएको छ ।जेलभित्र झडपको क्रममा मृत्यु भएका मानिसका बारेमा छानबिन गर्न सुरक्षा तथा कानुनी अधिकारीसँग समन्वय गर्दै समिति निर्माण गरिएको र घटनाको चाडै बिबरण आउने सरकारले जनाएको छ ।प्रारम्भिक अनुसन्धान अनुसार दुई प्रतिस्पर्धि समूहबीच भनाभन भएपछि चुलिएको विवादपछि कैदीबन्दीबीच हानाहान हुँदा दुवै समूहका केही मानिसको मृत्यु भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया