Is-Li-Fi-the-Next-Wi-Fi

प्रकाशको किरणको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने प्रविधि (लाइ फाइ) को इस्टोनियामा सफल परिक्षण भएको छ ।कम्पनीका सिइओ दिपक सोलङ्कीले भने, ‘यो प्रविधि ३-४ वर्षमा सामान्य प्रयोगकर्ता माझ आउने छ ।लाइ फाइले अहिले प्रयोगमा आइरहेको वाइ फाइ प्रविधिले भन्दा १०० गुणा सम्म छिटो डाटा ट्रान्सफर गर्न सक्ने देखिएको छ । एउटा एलइडि बत्ति र एउटा ‘फोटो डिटेक्टर’को मदतले यो प्रविधिको प्रयोग गर्न सकिन्छ ।वाइ फाइको तुलनामा लाइ फाइले रेडियो वेभहरुसँग अन्तरक्रिया गर्दैन र यसको गति लाइटको गति बराबरको हुन्छ ।

laifi2

प्रविधिको परिक्षण गर्ने कम्पनी भ्लेमेन्नीले लाइ फाइको प्रयोग गरेर १ जिबि पिएस सम्मको गतिमा इन्टरनेट प्रयोग गरेको जनाएको छ ।  प्रयोगशालामा भएका परिक्षणहरुले यो गति २२४ जिबि पिएस सम्म पुर्याउन सक्ने देखाएको छ ।तर यसलाई घर बाहिर भने प्रयोग गर्न सकिने छैन किन भने त्यहाँ सूर्यको अत्याधिक प्रकाश हुन्छ । लाइ फाइको अर्को बेफाइदा भनेको यसका तरङ्गले भित्ता वार पार गर्न सक्दैनन् । तर पनि धेरै भिडभाड हुने स्थानहरुमा वाइ फाइको ब्याकअपका रूपमा यसलाई प्रयोग गर्न सकिने देखिन्छ ।

 

LED-Bulb-by-tuanyick lifi_4

तपाईको प्रतिक्रिया