govindaमुम्बई । बलिउड अभिनेता गोविन्दालाई नयाँ दिल्लीको सुप्रिम कोर्टले उनले थप्पड हानेको व्यक्तिसँग माफी माग्न आदेश दिएको छ ।सन् २००८ मा गोविन्दाले चलचित्रको सेटमा आएका एक व्यक्तिलाई थप्पड हानेका थिए ।चलचित्र मनी हे तो हनी हे नामक चलचित्रको फिल्मिस्तान स्टुडियोमा सुटिङ गरिरहेको बेला सेटमा पुगेका सन्तोष राय नाम गरेका व्यक्तिलाई थप्पड हानेका थिए ।यसपछि रायले मुम्बाईको हाइकोर्टमा मुद्दा दायर गरेका थिए । तर, सन् २०१३ मा प्रमाण नपुगेको भन्दै मुद्दा खारेज गरेको थियो । यद्यपि, रायले भने उक्त मुद्दा पुनः सुप्रिम कोर्टमा दर्ता गराएका थिए ।रायले गोविन्दामाथि थप्पड हानेर सार्वजनिक बेइज्जी गरेको आरोप लगाएका थिए । ‘म मुम्बाई एक्टर बन्न आएका थिए । र, थप्पडपछि मेरो बेइज्जती हुनुको साथै मलाई मानसिक तनाव पनि भयो ।’ उनले यस मुद्दा लड्दा लागेको वकिलको खर्च पनि गोविन्दसँग माग गरेका थिए ।

 

तपाईको प्रतिक्रिया