kissing-day

काठमाडाैं ।  भेट हुने बित्तिकै गरिने शिष्टाचारमा हात मिलाउने, नमस्कार गरिने र गला लाग्ने कार्य गर्ने गरिन्छ । सामान्य तया पूर्वीय दर्शन अनुसार आफूभन्दा ठूला मान्यजनलाई नमस्कार, ढोग गर्ने प्रचलन रहेको छ । तर पछिल्ला दिनहरुमा भने हात मिलाउने संस्कृतिको विकास भएको छ ।पश्चिमा मुलुकमा भने एक आपसमा गला लाग्ने वा चुम्वन गर्ने प्रचलन छ । नेपाली समाजमा त्यो क्रियाकलाप अपाच्य भए पनि पश्चिमा जगतमा भने त्यो समान्य विषय हो ।हत्तपत्त कसैसँग किस गर्न सबैलाई अप्ठ्यारो लाग्छ । अति नजिकको व्यक्तिसँग वा सेक्स पार्टनरसँग मात्रै किस गर्ने पूर्वीय चलन छ । धेरैसँग वा नयाँ मानिसहरुसँग चुम्बन गर्नु खतरनाक हुन्छ भन्ने एउटा मान्यता छ ।

kiss

तर, नेदरल्याण्ड्सका केही वैज्ञानिकहरुको खोजी भनै अर्कै छ । उनीहरुका अनुसार एकआपसमा हात मिलाउनु भन्दा बरु किस गर्नु सुरक्षित र लाभदायी मानिएको छ ।उनिहरुले पत्ता लगाएको पछिल्लो एक तथ्यले भन्छ, ‘दिनभरी किस गर्नु भन्दा दिनभरी ह्याण्डसेक गर्नु धेरै खतरनाक हुन्छ । दिनभर ह्याण्डसेक गर्दा बरु हामी बिरामी हुने खतरा हुन्छ, जति किसले हुँदैन ।’एकआपसमा किस गर्दा शारिरिक रुपमा मात्रै नभएर मानसिक रुपमा पनि निकटता उत्पन्न हुने उल्लेख गर्दै लाभदायक ब्याक्टेरिया पनि एकआपसमा साटिने ति वैज्ञानिकहरुले बताएका थिए । साथै, किस गर्ने दुई मानिसबिच रशायन मिल्न गयो भने पृथक किसिमको आनन्द मिलने बताइएको छ ।तर, चुम्वन गर्दा पार्टनरबिच खराब ब्याक्टेरिया साटिने मात्रै नभएर लाभदायक तथा भावनात्मक निकटता पनि दिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया