narendra-modi-430x316

एजेन्सीहरु । भारतीय कांग्रेशका उपाध्यक्ष तथा भारतको भावि प्रधानमन्त्रीका रुपमा चर्चित राहुल गान्धीले मंगलवारको लोकसभा वैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन् ।वैठकमा गान्धीले भने “एक मुश्लिमको हत्या हुन्छ, तर उसको रक्षाका लागि जिम्मेवार प्रधानमन्त्री भने चुपचाप बस्छ ।”गान्धीले अगाडि भने “मन्त्री भि के सिंहले दलित वालकलाई कुकुर संग तुलना गरेर संविधानलाई प्रत्यक्ष चुनौति दिएका छन्, तर हाम्रा प्रधानमन्त्रीले उनलाई मन्त्री पदमा निरन्तरता दिई रहेका छन् ।”केही समय अगाडि मात्र मन्त्री सिंहले दलित वालकलाई कुकुर संग तुलना गरेर भाषण गरेका थिए । यस विषयमा भारतमा ठुलो हंगामा भएको थियो । तर मोदीले त्यस्ता मन्त्रीलाई हटाउन चाहेनन् ।गान्धीले मोदी शासनको विषयमा अझ अगाडि भने “भारतमा प्रदर्शन गर्नुलाई गैरकानूनी विद्रोह मानिन थालिएको छ । गुजरातमा के भयो ? गुजरात मोडेल वेलुन जस्तै फुटेको छ र पट्टिदार प्रदर्शन शुरु भएको छ ।”केही समय यता मोदी नेपालमा मात्र होइन भारतमा पनि अलोकप्रीय हुन थालेका छन् । राहुल गान्धीको कडा आलोचना यसैको अभिव्यक्ति हो ।

 

तपाईको प्रतिक्रिया