ashok_mehata indiaकाठमाडौं , मंसिर १६ । भारतीय सुरक्षा मामिलाका विज्ञ पूर्व मेजर जनरल अशोक मेहता काठमाडौं आइपुगेका छन ।  उनी सोमबार काठमाडौं आएर अनौपचारिक भेटघाटमा सक्रिय रहेका हुन। उनले राजनीतिक दलका पुराना नेता सरकारी उच्चअधिकारीहरुलाई समेत भेटिरहेका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकको छुट्टै तर संयुक्त शान्ति सेना राष्ट्रसंघ अन्तरगत रहनुपर्ने लविङ गर्दै आएका भारतीय पूर्वजनरल  मेहता सोही कार्यको लविङका लागि काठमाडौंमा आएको बताइएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया