itahariइटहरी, १६ मङ्सीर । इटहरी उपमहानगरपालिकाको महत्वपूर्ण योजनामध्येको भित्री चक्रपथ निर्माण कार्य पछिल्लो समयमा इन्धन अभावका कारण अलपत्रमा बनेकाे छ । लामो सयमदेखि इन्धन आपुर्तिमा देखिएको समस्याकाे कारण निर्माण कार्यमा अवरोध पुगेको निर्माण कम्पनीहरुले बताएका छन । यसलाई इटहरी उपमहानगरपालिकाका इन्जिनीयर अर्जुनकुमार दाहालले पनि स्वीकार गर्नुभएको छ ।

विश्व बैङ्कको सहयोगमा पहिलो चरणमा निर्माण ठेक्का लागेको इटहरी उपमहानगरपालिकाको भित्री चक्रपथको ७ किलोमिटर ढल सहितको पक्की सडक निर्माणले इन्धन अभावकै कारणले गति लिन सकिरहेको छैन । ७ करोड रुपियाँमा ठेक्का लागेको ६ख् किलोमिटर लामो ढल सहितको पक्की सडकको निर्माण ठेक्का गीताञ्जली निर्माण सेवाले लिएको छ ।

भित्री चक्रपथ अन्तर्गत पर्ने टेङ्ग्राखोलामाथिको पक्की पुल र खेतीखोलामाथिको पक्की पुल निर्माण गर्ने कार्य पनि इन्धन अभाव लगायतका अवरोधका कारणले निर्माण कार्यले गति लिन सकेको छैन । निर्माण कार्यमा समयमा नै रकम निकाशा हुन नसक्दा पनि काममा ढिलाई हुनुको अर्को कारण बन्न पुगेको निर्माण ब्यवसायीहरुको भनाई आएको छ ।

इटहरी उपमहानगरपालिकाको भित्री चक्रपथ निर्माण क्रममा सडकको दुवैतर्फ निर्माण गरिदै गरेको पक्की ढलको संरचनाकमजोर अर्थात परेको पानीमात्र बग्न सक्ने अवस्थाको रहेको स्थानीयवासीहरुले बताएका छन । त्यो ढलले ठूलो भलबाडी वा धेरै पानी निकास हुन नसक्ने अवस्थामा निर्माण भएको पाईएकामे पनि स्थानीयवासीले बताएका छन ।

केही महिनादेखि निर्माण कार्य प्रभावित बनेपछि आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने सडक अहिले ४० प्रतिसत निर्माण भएर रोकिन पुगेको छ । उता कन्काई विल्डर्स कम्पनीले निर्माण गर्दै आएको पुलको निर्माणमा पनि इन्धन अभावकै कारण भने जति काम हुन नसकेको इन्जिनीयर अर्जुनकुमार दाहालको भनाई रहेको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया