accident-board_116618१६ मंसिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा चोकमा अनियन्त्रित भई पल्टिएको ट्रकबाट ठूलो परिमाणमा डिजेल बरामद भएको छ ।प्रहरीको सुरक्षा घेरामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १९२७ नम्बरको ट्रक बिहान करिब ४ बजे अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो ।पल्टिएको उक्त ट्रकबाट झण्डै दुई हजार लिटर डिजेल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक शेषकराज थान्दारले बताए ।व्यक्तिगत प्रयोजनका लागि वा कालोबजारीको लागि डिजेल लगिरहेको भन्नेबारे अनुसन्धान भइरहेको र ट्रकका चालक फरार रहेकाले उनको खोजी पनि भइरहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया