sirha sanglo2

सिरहा, १६ मंसिर । सिरहामा विद्यार्थीहरुले विशाल मानव साङ्लो बनाई प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले सिरहास्थित बलान नदीदेखि कमला नदीसम्म ४० किलोमिटर लामो मानव साङ्लो बनाएका हुन् ।मधेशमा निरन्तर आन्दोलन जारी रहदा आफ्नो पढाईमा समेत समस्या परेको भन्दै उनीहरुले तत्काल समस्या समाधान गर्न सरकारलाई झकझकाएका हुन् ।विद्यार्थीहरुले मधेशको माँग पुरा गर, सरकार उतरदायि बन जस्ता नारा लगाउदै ‘स्टप किलिङ्ग’ लेखिएका प्लेकार्ड बोकेका छन् । संयुक्त मधेशि मोर्चाको आहवानमा विद्यार्थीहरु उक्त साङ्गलो बनाएका छन् ।राष्ट्रिय मानवअधिकार आयोग, प्राध्यापक संघ, बालअधिकारवादी संस्था र अधिकारकर्मीहरुलगायतले प्रदर्शनका क्रममा बालबालिकाको प्रयोग नगर्न आह्वान गरिरहँदा पनि देशैभर विद्यालय र प्लस टुका बालबालिका सडक प्रदर्शनमा आएका छन् ।

sirha sanglo1 sirha sanglo

sirha sanglo3 sirha sanglo4 sirha sanglo5 sirha sanglo6

तपाईको प्रतिक्रिया