Rajendra-Mahato-at-Press-Meet-640x450मोरङ, १६ मंसिर / (फाइल तस्विर) सद्भभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सत्ता साझेदार दलका सांसदलाई नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् । तीन दिनयता मोरङमा रहेका महतोले मंगलबार डायनिया बजारमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेस, एमाले र एमाओवादी सांसद जहाँ भेटिन्छन् त्यहीं पक्रनुस्, धोखाधडी र बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’

उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरूको घर घेरा हाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् । महतोले भने, ‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन लगाएर, हात्तीघोडा केकेमा हुन्छ, बजार घुमाउनुस् अनि धोकाधडी र बेइमानीबारे हिसाबकिताब लिनुस् ।’ उनले जारी आन्दोलन भएकाले घरघरबाट लाठी लिएर निस्कन आग्रह गरेका छन् ।

अभि नहि तो कभि नही महतोले भने अब हरेक घर घरबाट बुढा जवान र महिला हातहातमा लाठी लिएर बाहिर निस्कनुपर्छ अनी मात्र खोसीएको मधेसको भुमि र अधिकार फिर्ता हुन्छ । उन्ले १ घण्टा गरेको भाषणमा बाक्यै पिच्छे पहाडिया र मधेसिया भन्ने शब्द पटक पटक प्रयोग गरेको भनी आजको कान्तिुर दैनिकले खबर छापेको छ ।

 

तपाईको प्रतिक्रिया