फाइल फोटो
फाइल फोटो

नेपालगन्ज, मंसिर १७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर बुधबार लगातार घन्टौंसम्म नेपालतर्फ सुरक्षाकर्मीमाथि पेट्रोल बम र गुलेली प्रहार गरेका छन् । उनीहरुलाई साँझ परपछि भने भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले हटाएको थियो ।रुपैडिया नाकामा बसेर आन्दोलन गरिरहेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच बुधबार दिनभर झडप भएको हो । आन्दोलनकारीले नेपाल प्रहरीमाथि एक दर्जनजति पेट्रोलबम प्रहार गरेका थिए । जवाफमा प्रहरीले पनि ढुंगा हानेको थियो ।

आन्दोलनकारीको ढुंगा लागेर प्रहरी नायव निरीक्षक भीमकिरण बोगटी सामान्य घाइते भएका छन् । त्यस क्रममा प्रहरी र आन्दोलनकारी गरी दुवैतर्फ १२ जना सामान्य घाइते भएको प्रहरी जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया