फाइल फोटो
फाइल फोटो

महोत्तरी, मंसिर १७ । महोत्तरीको सम्सीमा बुधवार साझ भारतबाट तस्करी गरि ल्याउदै गरेको करिब ३५ लिटर पेट्रोल आगो लगाई नष्ट गर्न खोज्दा मोर्चाका एक जना कार्यकर्ता घाईते भएका छन । पेट्रोल बलेको आगोमा नष्ट गर्न खोज्दा सम्सी ७ का भोगेन्द्र यादव घाईते भएका छन ।

यादवले तस्करसंग पेट्रोल खोसी बलेको आगोमा पेट्रोल नष्ट गर्न खोज्दा दुर्घटना हुन पुगेको स्थानिय बिजय यादवले बताए ।आगो लागि गम्भीर भएका यादवलाई जनकपुरको जानकी हेल्थ केयर तथा रिसर्च सेन्टरमा उपचार सम्भव नभएपछि तुरुन्त काठमाडौ रेफर गरिएको डा.सुरेन्द्र यादवले जानकारी दिएका छन्। तस्कर भने घटना भए लगतै फरार भएका छन भने तस्करको पहिचान खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया