californiya shoot1

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित सेन बर्नारडिनोमा गोली चलेको छ । गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको बिबिसीले जनाएको छ ।प्रहरीले दुई हमलाकारीलाई पनि गोली हानी मारेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर ति मानिस हमलाकारी हुन वा सर्वसाधरण हुन भन्ने पुष्ट्रि भएको छैन ।

californiya shoot

ट्विटरमा दमकल विभागले जनाए अनुसार एसबीएफडी यूनिटले हमलाकारीलाई जबाफ दिएको थियो । गोली चलेपछि दर्जनौ मानिस एक भवनबाट बाहिर आत्तिँदै बाहिर निस्केका थिए । यो भवन बाहिर सयौं प्रहरी तैनाथ रहेका छन् ।हमलाकारीहरु सैनिकको डेसमा हतियार सहित आएर हमला गरेको प्रहरीले जनाएको छ ।यसै गरी अमेरीकी राष्ट्रपति बाराक ओबामा घटना प्रति दुख ब्यक्त गर्दै आक्रमणकारीमाथि निगरानी भएको भन्दै उनहरुलाई कारवाहीको प्रक्रियाको लागि आफुहरु तयार रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया