morcha
फाईल फोटो

१६ मंसिर, काठमाडौं । झण्डै तीन महिनादेखि मधेशमा मोर्चाबन्दी गर्दै आएकाहरुको भात‐पानी र आतेजाते खर्च कसरी चल्दैछ होला ?उठेका जिज्ञासालाई संबोधन गर्ने काम हालसम्म कसैबाट भएको छैन तर महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो १‐१ करोड, महेन्द्र रायले चाहिं ५० लाख मात्र खर्च पाएको पृष्ठभुमीमा थप नयाँ आशंका ती दलहरुबीच पनि सिर्जना भएको छ ।प्राप्त जानकारी अनुसार पारीका दाताहरुसँग राजेन्द्रले छुट्टै डिल गरेर अलग्गै थप रकम हात पारेका सूचना चुहिएपछि मधेशी दलहरुबीचको असन्तुष्टि चुलिंदो छ ।
रौतहटमा उपेन्द्रकै पार्टीभित्र विवाद चर्किएको छ भने वीरगञ्जमा फोरमले खासै पृथक र असरदार गतिविधी देखाउन नसक्दा पनि त्यहीं बढी खर्च भएको हिसाब आएपछि चुलिएको असन्तुष्टि साम्य हुन सकेको छैन ।सद्भावनाले चिनियाँ झण्डा जलाउँदा पूर्व परराष्ट्र मन्त्री समेत रहिसकेका उपेन्द्रले शुरुमा आपत्ति जनाए पनि भारतको झण्डा समेत जलेकै छ उत्तरको जल्दा मात्र के को टाउको दुखाइ भनी थामथुम पारिएको छ ।

इनरुवाको वसपार्कमा गाडि नचल्दा बेकामे रहेका सहचालक र कुल्लीहरुलाई प्रयोग गरिएको र रौतहटमा पनि सोही विधि अपनाइएको अवस्थामा तिनिहरुलाई कुन श्रोतबाट खर्च व्यवस्थापन गरियो नेतृत्वले प्रष्ट पार्न सकेको छैन ।मधेशी आन्दोलनकारीहरुमा नाकाबन्दीका निम्ति धर्ना कस्ने भन्दा चोर नाकातिर एम्बुस थाप्ने प्रवृत्ति बढ्दो छ । तस्करी गरेर ग्यालेनमा ल्याइएका पेट्रोल र मट्टितेल समात्न पाए आफ्नो समेत गर्जो टर्ने स्वार्थका कारण अनियन्त्रित कार्यकर्ता त्यतातिर लाग्न थालेका हुन् ।यता सरकारमा चाहिं मधेशीसँग मात्र वार्ता गरिरहे तिनको भाउ बढ्ने र भारतको एजेण्डा चाहिं ज्युंका त्युं रहने हुँदा किन दुईतिर फस्ने भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।हाम्रो संन्देशबाट

 

तपाईको प्रतिक्रिया