मंसिर १७, काठमाडौं । यहि शुक्रबारदेखि अर्थात भोलि देखि नेपाल विद्युत प्राधिकरणले साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ ।यसरी लोडसेडिङ्ग हुँदा सातामा ५७ घण्टाभन्दा बढी विद्युत कटौती हुनेछ ।
आजको प्रकासित प्राधिकरणको सार्वजानिक सुचनामा सोको जानकारि छ।भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नहुँदा औद्योगिक क्षेत्रमा वितरण गरिएको विद्युत सर्वसाधारण ग्राहकलाई उपलब्ध गराउँदा समेत सातामा १५ घण्टामात्रै लोडसेडिङ्ग भएको थियो ।
इन्धनको अभावपछी पछिल्लो समय बिद्युत भार बढी हुन थालेपछि लोडसेडिङ्ग बढाईएको प्राधिकरणले जनाएको छ । साथै पछिल्ला दिनमा नदीमा पानीको बहाब घटेर विजुली उत्पादनमा ह्रास समेत आएकोले प्राधिरकणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिए ।यसअघि प्राधिकरणले हप्तामा ४४ घण्टा लोडसेडिङ्ग गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।
लोडसेडिङको तालिका