apang diwas
मंसिर १७ इनरुवा/अन्र्तराष्ट्रिय अपाङग दिवशको अवसरमा सुनसरीमा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ ।
अपाङगता भएका व्यक्तिहरुको हक र अधिकारका सवालमा आज जिल्लाका विभिन्न क्षेत्रमा विविध कार्यक्रमहरु आयोजना गरिए । सुनसरीको इनरुवा, लौकही, झुम्का सहित ग्रामिणी भेगमा समेत विशेष कार्यक्रम आयोजना गरिएका थिए ।सदरमुकाम इनरुवामा जिल्लास्थित सरोकारवालाहरुको उपस्थितीकावीच जिल्लामा अपाङग मैत्री अवधारणाको कार्यान्वयनको अवस्था लगायतका बिषयमा चर्चा गरियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहित सदरमुकाम केन्द्रित रहेका सरकारी कार्यालयका प्रमुख लगायत सरोकारवालाहरुको उपस्थितीका विच जिल्लामा कायम रहेका अपाङगताका सवाल र चुनौतिका बारे साझा धारणा बनाउने प्रयास गरिएको थियो ।कार्यक्रममा करुणा फाउण्डेसनका सुनसरी संयोजक रमेश बराल, अपाङग समन्वय समिति सुनसरीका अध्यक्ष खुबलाल चौधरीले जिल्लाका सरकारी कार्यालय लगायत विद्यालय र वित्तिय संस्थाहरु अपाङग मैत्री बन्न नसकेको प्रति सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सरकारी कार्यालय लगायतको भौतिक पूर्वाधार अपाङग मैत्री भए नभएको बारेमा तयार पारिएको वृतचित्र प्रस्तुत गरी अपाङग मैत्री अवधारणा कार्यान्वयनका सवालमा सम्वन्धित निकायका प्रमुखहरुबाट सामूहिक प्रतिवद्धता जुटाउने प्रयास गरिएको थियो । कार्यक्रमका सहभागि सरोकारवालाहरुले अपाङग मैत्री अवधारणा पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया