time bomb

१७ मङ्सिर महोत्तरी । औरही–गौशाला सडकखण्डमा पर्ने जङ्घापुलको एकसय मिटर पश्चिममा दुईवटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।प्रहरीले आज साँझ ६ बजेदेखि सो सडकखण्डमा आवतजावत बन्द गराएको छ ।अहिले बम निस्क्रिय गर्न जिल्लाको पर्कौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट बम डिस्पोजल टोली घटनास्थल गइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । बम कस्ले राख्यो भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया