sarlahiमंसीर १७। सर्लाहीको मंलग्वामा फेरी तनाव बढेको छ। मंलग्वास्थित जिल्ला प्रशासन कार्यालय र सशत्र प्रहरीको भन्सार पोष्टमा आज सांझ अचानक केहि अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। बम प्रहारसंगै उक्त छेत्र पुन: तनाव सुरु भएको छ। मलग्वा स्थित बजारमा ठाउ ठाउमा गोलि चलेको आवाज आएको छ भने केहि ठाउमा बम पड्केको आवाज सुनिएको कारण अहिले उक्त क्षेत्रमा प्रहरीको बाक्लो परिचालन गरिएको छ।

आज दिउँसो सर्लाहीमा भएको प्रदशनमा प्रहरी र आन्दोलनकारी वीच भएको झडपमा ६ जना प्रहरी, ११ जना चुरे भावरका कार्यकर्ता र ८ जना मोर्चाका कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश खड्काले बताएका छन्।

घाइते भएका मधेसी मोर्चाकाका कार्यकर्तालाइ अस्पताल ल्याउदै गर्दा मोर्चाका कार्यकर्ताले आक्रोसमा आएर अस्पतालका सुरक्षा कर्मी माथि आक्रमण गरेको प्रहरीले जनाएको छ। आज दिउँसो मोर्चाको आमसभामा गोलि चलेको थियो। उक्त सभामा घाइते भएका मोर्चाका कार्यकर्तालाइ अस्पताल लगिएको हो। मोर्चाका नेता राजेन्द्र महतोले सरकारले मोर्चाको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताएका छन।बिजपाटिबाट

तपाईको प्रतिक्रिया