indian flagकाठमाडौं , १८ मंसिर। भारतले नेपालको राजनीतिक समस्याबारे अध्ययन गर्न सर्वदलीय प्रतिनिधिमण्डल नेपाल पठाउने भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार राज्यसभामा बोल्न तयार पारेको लिखित भाषणमा प्रस्ताव उल्लेख छ ।‘उहाँले (नेपालका परराष्ट्रमन्त्री कमल थापाले) आन्दोलनरत दलहरूसँग विवादित मुद्दामा वार्ताका क्रममा प्रगति भएको बताउनुभएको छ । नेपालको राजनीतिक समस्या सामाधानका चाँडो हुनेछ भन्नेबारे यसले हामीलाई आशावादी बनाएको छ,’ स्वराजको लिखित भाषणमा भनिएको छ ।स्वराजले भारतमा नेपाल नीतिका सन्दर्भमा एकरूपता आउनुपर्ने कुरामा जोड दिँदै अमेरिका, बेलायत र युएनले समेत नेपालमा समावेशी संविधान निर्माणमा जोड दिएको दाबी गरेकी छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया