Kathmandu-resturaकाठमाडौं , १८ मंसिर। सामान्य अवस्थामा दैनिक १४ घन्टाभन्दा बढी खुल्ने राजधनीका रेस्टुराँ अहिले चार देखि ६ घन्टासम्म मात्र खुल्ने गरेका छन् । ग्यास र मटि्टतेलको मौज्दात सकिएको र दाउरामा पकाउन सम्भव नभएका सबै रेस्टुराँले सेवा अवधि घटाएको रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का उपाध्यक्ष अनुपलाल कक्षपतिले बताएका छन् ।‘सबै रेस्टुराँमा दाउरा बाल्न सम्भव छैन्,’ कक्षपतिले भने, ‘कतिपय बन्द भइसके, सञ्चालनमा रहेकाले पनि सेवा अविधि र मेनुमा कटौती गरी सेवा दिइरहेका छन् ।’सामान्य अवस्थामा राजधानीमा दिउँसो १० बजेदेखि राति १२ बजेसम्म रेस्टुराँहरु खुल्ने गरेका छन् ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया