काठमाडौं, मंसिर १८ । वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका १३ जनाको शव अझै पहिचान हुन सकेको छैन् । पीडत लाखौं नेपाली अहिले पनि पाल र टिनको छानामुनी रात विताउँदै सुरक्षित भविष्यको पर्खाइमा छन् ।भूकम्पबाट निधन भएका १३ जनाको शव सनाखत नभएकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । ती शवलाई धेरै जनाले हेरेपनि पहिचान हुन नसकेको अस्पतालले जनाएको छ । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।