
काठमाडाैं , मैसिर १८ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समितिमार्फत् सीमांकन टुंग्याउने प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् । मंसिर २ गतेको वार्तामै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रस्ताव अघि सारिसकेको, उतिबेलै यो प्रस्तावमा आफूहरु असहमत भएको बताउदै यादवले फेरि उही प्रस्ताव राख्नुको कुनै अर्थ नहुने टिप्पणी गरे ।