फाइल तस्विर
फाइल तस्विर

मंसिर १८, काठमाडौं । प्रमुख तीन दलले साझा धारणा बनाएपछि त्रिपक्षीय वार्ता आज साँझको लागि बोलाइएको हो । सरकार, प्रमुख विपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज साँझ त्रिपक्षीय वार्ता हुने भएको छ । आज साँझ ५ बजे वार्ता बोलाइको भनेता पनि मधेसी मोर्चासंगको बार्ता अघि प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको बैठक बस्ने बताइएको छ ।

वार्ता बालुवाटारमा हुनेछ।मोर्चाले अघि सारेको ११ बुंदे मागमा तीन दलले साझा धारणा दिने बताएका छन् ।सीमांकनबारे मोर्चाको मागमा भने राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंगो लगाउने प्रस्ताव गरिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया