मंसिर १८ झुम्का / विश्व माटो दिवसको अवसरमा सुनसरीको झुम्का स्थित रहेको भाषी उच्च माविमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुका माझ दिवस मनाएको हो ।
माटो जीवनको मूल आधार भन्ने नाराको सार्थकताका लागि विद्यार्थी माझ कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।
कार्यक्रममा माटो विग्रिए जीवन विग्रने तथ्यलाई मनन गराउँदै उच्च मावि अध्ययनरत विद्यार्थी मार्फत समाजमा सचेतनाको प्रयास गरिएको थियो ।
माटोको सही सदुपयोग गर्न जान्नु पर्ने, सके सम्म रासायनिक मलको प्रयोग नगर्ने, गर्नै परे प्राविधिकको सल्लाहमा न्यायोचित र सन्तुलित मात्रा मात्र प्रयोगमा ल्याउने लगायतका विषयमा माटो विज्ञहरुले जोड दिएका थिए ।
विद्यार्थी वर्ग भोलिको कर्णधार भएकाले कार्यक्रमको प्रभावकारितालाई मनन गरी उच्च मावि तहका विद्यार्थीहरुमाझ माटो बचाउन गरिएको पहल सार्थक हुने कार्यक्रमका सहभागि सरोकारवालाहरुको ठम्याई छ ।
कार्यक्रममा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काका प्रमुख डा.जर्नादन खड्काले माटोको विग्रदो अवस्थाको जिम्मेवार स्वयं मानव भएकाले प्रत्यक्ष मानव जीवन सँग सरोकार राख्ने माटो स्वस्थ राख्न सबैमा सचेतना अभिवृद्धि गराउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रअ सत्यनारायण धामी, माटोका जानकार रेवती पोखरेल लगायत सरोकारवा निकायका प्रतीनिधीहरुले विश्व माटो दिवश सन्दर्भ र उपोगिता बारेमा धारणा राखेका थिए ।