काठमाडौं – सर्लाहीमा बिहिबार मधेशी मोर्चा र चुरे भावरबीच भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा १८ जनाको मृत्यु भएको भारतीय मिडियाले गलत प्रचार गरेको छ ।
भारतीय मिडिया न्युज २४ का अनुसार प्रहरी र सेनाले मधेसी आन्दोनकारीमाथि गोली चलाउँदा १८ जना मृत्यु भएको र १ सयभन्दा बढी घाइते भएको दाबी गरेको हो ।
‘आन्दोलनको १ सय १० औं दिन नेपालको सर्लाहीमा हजारौं मधेसी मोर्चाको कार्यकर्ता रणनीति तय गर्न बसिरहँदा सुरक्षाकर्मीले उनीहरुमाथि फायरिङ गरेको थियो ।
दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ताको बिहारको सीतामढी जिल्लामा उपचार भइरहेको छ । प्रहरीले घर–घरमा छिरेर अन्धधुन्द गोली प्रहार गरे,’ समाचारमा उल्लेख गरिएको छ ।रातोपाटि बाट