crime hatkadiमंसिर १८ इनरुवा/ ४ दिन अघि सुनसरीको साहेबजगंजबाट हराएका एक बालक मृत फेला परेका छन् ।
राजेश मण्डलको अन्दाजी अढाई बर्षको छोरा राजा मण्डल घर पछाडीको बाँसघारीमा मृत फेला परेका हुन् ।
परिवारका सदस्य सहित आफन्तले हराएका बालक खोजी गर्ने क्रममा बाँसघारीमा बालकको शव फेला पारेका थिए ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । तालिम प्राप्त कुकुर झिकाएर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया