Kp-Oli-2काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार बिहान ट्वीट गरे। आज साँझ ५ बजे सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच वार्ता हुदैँछ।  तर प्रधानमन्त्रीले आह्वान गरेको त्यो वार्ता हुन सकेन्।

साँझ मोर्चा नेताहरु बालुवाटार होइन लैनचौरतिर सोझिए, राजदूत रणजित रायसँग सघन संवाद गर्न । हुन त उपेन्द्र यादबले सर्लाहीमा बिहीबारको मोर्चा सभामा सरकारी दमन भएको र वार्ताको माहोल जानाजान सरकारले भाँडेको बताएका थिए । लैनचौरमा डेढघण्टाजति उनीहरुसहित अरु नेताहरुको डिनर मिटिङ चल्यो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ।

 

तपाईको प्रतिक्रिया