फाइल फोटो
फाइल फोटो

काठमाडौं, मंसिर १९ । आन्दोलनको विषयमा मधेसी मोर्चा एक भए पनि समाधानको विषयमा पहिलेदेखि नै विवाद छ । अहिले पनि वार्तामा जाने कि अझै आन्दोलन चर्काउने भन्नेमा सहमति हुन सकेन । दिल्लीको संकेत र बालुवाटारको सन्देश पाएपछि बिहीबार सर्लाहीको लालबन्दीको कार्यक्रम छाडेर मोर्चाका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आएका थिए ।

तर, वार्ताको विषयमा मोर्चाभित्र मतैक्य हुन सकेन । मोर्चाकै घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वार्ताको विपक्षमा उभिएका छन् । ‘सर्लाहीको नवलपुरमा प्रहरीले हवाईफायर गरेपछि उहाँहरू थाकेर काठमाडौं आउनुभएको हो,’ सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले यादव र ठाकुरमाथि व्यंग्य गर्दै  भने । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया