afak

काबुल, १९ मङ्सिर । अफगानिस्तानमा भएको पछिल्लो कारबाहीका साथै सुरक्षा निकायमाथिको आक्रमणका क्रममा कम्तीमा पनि सातजना सैनिकको ज्यान गएको समाचार छ । गएको शुक्रबारदेखि भएका ती हमलामा परी सातजना सैनिकको ज्यान गएको बताइएको छ । ती सैनिक लागि अफगानिस्तानमा युद्ध गरिरहेका तालिवानले हमला गरेका थिए ।

शुक्रबार बिहानदेखि भएका ती हमलाहरुमा परी ती सैनिक मारिएका अफगानिस्तानको रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले हालैमात्र उपलब्ध गराएको एक तथ्याङ्कअनुसार पछिल्लो समयमा जारी रहेका हमलाहरुमा परी सेनाको ज्यान जाने क्रम बढिरहेको छ ।

देशका विभिन्न पाँचवटा प्रान्तमा यो कारबाही जारी रहेको थियो । उक्त कारबाहीका क्रममा ती सैनिक मारिएका हुन् ।  त्यसैगरी अरु केही तालिवान लडाकूहरु पक्राउ पनि परेका बताइएको छ । साथै सो कारबाहीमा परी कैयौं तालिवान पनि मारिएका छन् ।

मारिएका तालिवानहरुको सङ्ख्या भने रक्षामन्त्रालयको सो विज्ञप्तिमा जनाइएको छैन । अफगान सेनाले तालिवानका विरुद्धमा कारबाही जारी राखेको छ ।

 

तपाईको प्रतिक्रिया