Baluwatarमंसिर १९ काठमाडौं। शनिबार राति पौने आठ बजे बाट सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत सयुक्त मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय वार्ता सुरु भएको छ।

वार्तामा मधेसी मोर्चाका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन् भने  प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत तीन दलका वरिष्ठ नेताहरु सहभागी छन् ।

शुक्रबार बेलुका बालुवाटारमा निर्णायक वार्ताका लागि तीन दल प्रतिक्षारत रहेकै बेला भारतीय राजदूत रन्जित रेले मधेसी नेताहरुलाई परामर्शका लागि दूतावासमा बोलाएका थिए।शुक्रबार बसेको तीन दलको बैठकले मधेसी मोर्चाको मागको बिषयमा साझा धारण तय गरिसकेको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जादैछन् ।

 

तपाईको प्रतिक्रिया