New-Delhi

नयाँदिल्ली, १९ मङ्सिर । जङ्गली फल खाँदा भारतको उत्तर प्रदेश प्रदेशमा कम्तीमा ४० जना बालबालिका बिरामी परेको यहाँको प्रहरी अधिकारीले शनिबार बताएका छन् । घाइतेमध्ये ३६ को अवस्था सामान्य भएको बताइएको छ ।चार जना बिरामीलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएको भन्दै अन्यत्र लगिएको छ ।

उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लास्थित सहाली गाउँ नजिकै रहेको जङ्गलमा गएका उनीहरुको जङ्गली फल खाएपछि एक्कासी बान्ता गर्न सुरु गरेका थिए । उनीहरुलाई तत्कालै अस्पतालमा लगिएको तर चार जना बालबालिकाको स्वास्थ्यमा शुक्रबार राति अवेरसम्म पनि सुधार नदेखिए पछि उनीहरुलाई अन्यत्र लग्न सिफारिस गरिएको अस्पताल स्रोतले जनाएको छ ।बालबालिकाले खाएको फल विषालु भएको वा नभएको भन्ने आधिकारिक पुष्टिका लागि फलका नमुना सङ्कलन गरी प्रयोगशालामा पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया