Chinaकाठमाडौं , २० मंसिर । नेपाल आयल निगमका कार्यकारीनिर्देशक गोपाल खड्काले चीनबाट इन्धन ल्याउने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरमा कुनै पहल नगरेको बताएका छन् । खड्काले मन्त्रालयले उच्चस्तरमा पहल र चासो नदेखाएका कारण चीनबाट इन्धन ल्याउने योजना सेलाउँदै गएको पनि बताए ।

चिनियाँ पक्षले इन्धन आपूर्तिका लागि नेपालका तर्फबाट उच्चस्तरमा पहल होस् भन्ने चाहना राखेपनि वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पहल नहुँदा समस्या भएको हो । खड्काले निगमको एक्लो प्रयास र पहलबाट चीनबाट इन्धन ल्याउनसक्ने अवस्था नभएकाले मन्त्रालयबाटै औपचारिक रुपमा गम्भीरतापूर्वक पहल गर्नुपर्ने सुझाव पनि दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया